६ जेष्ठ २०८१, आइतबार

प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ

प्रकाशित मिति :  30 April, 2020 9:57 am


काठमाण्डौं, १८ वैशाख । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक  पक्राउ परेका छन् ।

केही दिनदेखि लगातार फेसबुकमा प्रचण्डलाई अशिष्ट र अमर्यादित गाली गरेको भन्दै  उजुरी परेपछि पत्रकार तथा रेडियो नेपालका बोर्ड सदस्य पाठकलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई आज विहान घरबाटै प्रहरीले लिएर गएको पारिवारिक श्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानबिन र कारवाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दायर गरेका थिए ।

काउन्सिलले छानबिनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा समेत पत्राचार समेत गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !