१२ श्रावण २०८१, शनिबार

राष्ट्रपति पौडेलले गरे दुई देशमा आवासिय राजदूत नियुक्त

प्रकाशित मिति :  30 November, 2023 2:38 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले दानबहादुर तामाङ र रामप्रसाद सुवेदीलाई आवासिय राजदुत नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा तामाङलाई दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत र गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत सुवेदीलाई इटालीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !