२५ मंसिर २०८२, बिहिबार

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

प्रकाशित मिति :  30 November, 2023 3:13 pm


काठमाडौँ । विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अब उप्रान्त आधिकारिक रूपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रूपमा नियुक्त गरेको हो ।

आधिकारिक विक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सिईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसँग सहकार्य गरिएको हो ।

“मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसंग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौ । साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौ”, उनले भने ।

लुब्रिकेन्ट्स जगतमा मोटुल एकदमै कहलिएको नाम हो । १७० वर्ष पुरानो यो फ्रेन्च ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ ।

टु–ह्विलरदेखी हेभी ड्यूटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने बिभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सवै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई ग्रुपको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !