१२ श्रावण २०८१, शनिबार

महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउँछौँः सांसद राणा

प्रकाशित मिति :  30 November, 2023 3:58 pm


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा। आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन् ।

बिहीवार काठमाडाैँमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रुपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरूरुले केन्द्रिय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन् ।

उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् । उनले पार्टीका विभागहरूमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाइन् । उनले आफूहरू पार्टीका विभागहरू भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न गरिन् । उनले संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताइन् । उनले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने बताइन् ।

सांसद राणाले सबै ठाउँमा महिला–महिलाबिच प्रतिष्पर्धा गर्ने स्थान हुनुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !