एशियन पेन्टस् नेपालले भूकम्प पीडितलाई गर्यो ५० लाख सहयोग
प्रकाशित मिति : 30 November, 2023 5:27 pm
काठमाडौँ । एशियन पेन्टस् नेपालले भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ । भूकम्प पीडितका लागि एशियन पेन्टस् नेपालले ५० लाख रुपैयाँ सहयोग गरेको हो।
विपद् प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
गत कात्तिक १७ गते जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५ दशमलव ७ म्याग्निच्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै कम्पनीले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
सहयोग रकमको चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।