१२ श्रावण २०८१, शनिबार

हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ योजना सुरू

प्रकाशित मिति :  30 November, 2023 5:34 pm


काठमाडौँ । नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ योजना ग्राहक माझ ल्याएको छ।

आज (बिहीबार) देखि सुरू हुने यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाइको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको हो। यो योजना नेपालभरि नै लागू हुने भएकोले आफ्नो नजिकैको हुन्डाइको सोरूममा जान सकिनेछ।

यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो गाडीको बजारको प्रचलित मूल्यांकनभन्दा न्यूनतम ५० हजार रूपैयाँ थप पाउनु का साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रूपैयाँसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्नेछन्।

विभिन्न मोडलहरूको खरिदमा नगद ६ लाख रूपैयाँसम्मको आकर्षक छुटका साथै हुन्डाई सोरुममा गएर आफ्नो गाडीको मूल्यांकन गराइ र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सोरुममा तुरुन्तै पुरानो गाडीको मूल्यांकन गरी छिटोछरितो माध्यमद्वारा यो एक्सचेन्ज योजना सफल बनाउन हुन्डाई प्रतिबद्ध छ।

यस एक्सचेन्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयुभी, एसयुभी, इभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनौट गर्न सक्नेछन्। सबै हुन्डाइका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ सोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत् ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !