२१ बैशाख २०८१, शुक्रबार

भारतीय चर्चित अभिनेता ऋषि कपूरकाे निधन

प्रकाशित मिति :  30 April, 2020 10:39 am


काठमाडाैं, १८ वैशाख । 

भारतीय चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।

हिजो मात्रै अर्का चर्चित अभिनेता इरफान खान गुमाएको बलिउडले आज अर्का हस्ती ऋषि कपुरलाई पनि गुमाएको छ ।

कपूरको गएराति ६७ बर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी अघिल्लो बर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको स्वास्थ्य बिग्रिएपछि अस्पताल लागिएको थियो । भारतीय चर्चित अभिनेता अमिताभ बच्चनले ऋषि कपूरको निधनको जानकारी दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन्,‘उनी गए…! ऋषि कपुर गए !! भर्खरै उनको निधन भयो !!!  म टुटें ।’ कपूर परिवारको तर्फबाट रणधीर कपूरले ऋषि कपुरको निधनको पुष्टि गरेका छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि परिवारले उनलाई एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सास फेर्न समस्या देखिएको थियो । ऋषि कपूरले हिन्दी सिने क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए ।

सन् १९५२ सेप्टेम्बरमा जन्मिएका कपूरले सन् १९७० मा ‘मेरे नाम जोकर’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । कपूरले सन् १९७३ मा चलचित्र ‘बब्बी’मा डिम्पल कपडियासँग मुख्य भूमिका निभाएका थिए ।

सन् १९७३ देखि २००० सम्म ९२ चलचित्रमा मुख्य भूमिका निभाएका ऋषि कपुरका ३६ वटा बक्स अफिस हिट भएका थिए । दुई दिनमै दुई हस्ति गुमाएपछि बलिउड शोकमा डुबेको छ ।



प्रतिक्रिया दिनुहोस !