१२ श्रावण २०८१, शनिबार

मलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन चीन जेपनि गर्न सक्छ: ट्रम्प

प्रकाशित मिति :  30 April, 2020 10:54 am


काठमाडाैं, १८ वैशाख । 

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्ने आरोप लगाएका छन् ।

समाचार संस्था रोयर्टससँगको अन्तरवार्तामा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई दोस्रो पटक राष्ट्रपति बनोस भन्ने नचाहेको दाबी गरेका छन् ।

कोरोना भाइरस संक्रमणको महामारी जसरी नियन्त्रण गरिरहेको छ त्यो नै आफूलाई राष्ट्रपति बन्न नदिने प्रमाण भएको उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोनाको विश्व महामारीमा चीनमाथी आरोप लगाउँदै आएका छन् ।

ट्रम्पको चीनमाथी आरोप छ की उसले जति गम्भीरताका साथ लिनुपर्ने थियो त्यसरी लिएन र सकृय पनि भएन । राष्ट्रपति ट्रम्पले चीनीया अधिकारीहरु आफ्नो छवि सुधार्न र निर्दोष रहेको देखाउन लागिपरेको टिप्पणी समेत गरेका छन् ।

अन्तर्वाताका क्रममा उनले भनेका छन्,‘ चीन मलाई रोक्न जे पनि गर्न सक्छ र उ चाहन्छ म राष्ट्रपति दोस्रो कार्यकालको दौडबाट बाहिर     जाऊँ ।’ चीनले डेमोक्रेटिक पार्टीका जो बाईडन राष्ट्रपति बनुन् भन्ने चाहेको समेत दाबी गरेका छन् ।

पछिल्लो समय अमेरीका र चीन कोरोना भाइरसको विषयलाई लिएर वाकयुद्धमा उत्रिएका छन् । अमेरीकाले कोरोनाबारे वास्तविकता थाहा पाउन अनुसन्धानकर्ताको टोली चीन पठाउन समेत चाहेको बताएको छ भने चीनले अस्वीकार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !