१२ श्रावण २०८१, शनिबार

शिवम् सिमेन्ट्सद्धारा दुई विद्यालयलाई स्कुल बस र ब्याग वितरण

प्रकाशित मिति :  3 December, 2023 4:15 pm


काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले हेटौंडा वडा नम्बर १७, हटिया मकवानपुर स्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर वडा नम्बर १५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि स्कुल ब्याग वितरण गरेको छ ।

शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरू वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका वर्षहरूमा पनि विभिन्न शैक्षिक सामाग्रीहरूको वितरण, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आइरहेको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !