२५ बैशाख २०८१, मंगलबार

गोभिनको स्वरमा ‘बिस्तारै चाल्दै पाईलाहरू’ गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति :  3 December, 2023 10:14 pm


काठमाडाैं । गायक तथा संगीतकार गोभिन पुनको स्वरमा सजिएको ‘बिस्तारै चाल्दै पाईलाहरू’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘क्यासपर प्रोडक्सन’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो ।

गीतको शब्द कृष्ण ज्ञवालीले कोरेका हुन् भने गीतमा गायक पुनले संगीत भरेका छन् । दिनेश क्षेष्ठको एरेन्ज रहेको गीतमा मनिष गन्दर्भले सारङ्गीमा साथ दिएका हुन् । गीत शान्ति शर्मा र अनिल सापकोटाले निर्माण गरेका हुन् ।

गोभिन पुनको कथा एवं निर्देशनमा तयार पारिएको भिडियोमा अमित बराल र इशा बरालले अभिनय गरेका छन् । दिनेश क्षेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा डी स्टुडियोको मिक्सिङ रहेको छ।

भिडिओ विवश मगरले खिचेका हुन् भने गोभिन र विवशले सम्पादन गरेका हुन्। भिडियाेमा प्रेमील जाेडीकाे अटुट प्रेम सम्बन्ध प्रस्तुत गरिएकाे छ ।

भ्वाइस अफ नेपालमार्फत संगितप्रेमीको मनमा बस्न सफल गायक पुनले यसअघि नै मेरो साथ, साना पाइला, मुड, मेरो कोहि थिएन, म मात्र लगायतका दर्जनबढि गीतमा स्वर दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !