१२ श्रावण २०८१, शनिबार

गति लिंदै मध्यपहाडी लोकमार्ग, याम्दी– घट्टेखोला सडक निर्माण सुरु

प्रकाशित मिति :  30 April, 2020 2:14 pm


अम्बिका शर्मा

काठमाडाैं, १८ वैशाख ।

लकडाउनका कारण रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पर्वत खण्डको काम सुरु भएको छ ।

एक महिना देखि रोकिएको लोकमार्गको पर्वत खण्डमध्ये कास्कीको याम्दीपुलदेखि घट्टेखोलासम्मको सडक निर्माण कार्य सुरु भएको आयोजनाका इन्जिनियर अनन्त बरालले जानकारी दिए ।

याम्दी पुलदेखि घट्टेखोलासम्मको सडकको नाली र पर्खालको काम लगभग सकिएको र हाल सुइखेत फाँटमा सबग्रेड र सबवेसको काम भइरहेको इन्जिनियर बरालले बताए ।

मेसिनबाट गर्ने काम धेरै हुने भएकोले लकडाउनमा पनि काम गर्न सहज भएको उनकाे अनुभव छ ।

उनले भने,‘ पहिले दैनिक २ सय जना मजुदरले काम गर्थे तर अहिले कम मजदुर भएपनि धेरै काम मेसिनले गर्ने हुनाले दैनिक २० २५ जनाले मात्र काम गर्दै आएका छन् ।’

उक्त सडक निर्माणको कार्य स्वच्छन्द इलाइट जेभी र शर्मा एण्ड कम्पनीले गरिरहेकाे छ । सरकारले ठूला आयोजना सुरु गर्ने नीति लिएसँगै काय सुरू हुने क्रम जारी छ  ।



प्रतिक्रिया दिनुहोस !