२० बैशाख २०८१, बिहिबार

सांसद यादवद्धारा राष्ट्रिय मानव अधिकार आयोगमा अपहरणको उजुरी

प्रकाशित मिति :  30 April, 2020 2:50 pm


काठमाडाैं, १८ वैशाख ।

जनता समाजवादी पार्टीका संसद डा. सुरेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेश बस्नेत,किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद यादवले तीनै जना विरुद्ध आज उजुरी दिएका हुन् ।

यादवले आज ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन्।

सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ।

यादवले आफूलाई अपहरण गरि काठमाडौं ल्याएको दाबी गर्दै तीनै जनाविरुद्ध महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिएपनि दर्ता भएको थिएन ।

सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ।’

काठमाडौंबाट गएका सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक यादवले वैशाख १० गते काठमाडौं ल्याएका थिए। तर तीनै जनाले सांसद यादवको आरोप खण्डन गर्दै आएका छन् ।

उनीहरुले सहमतिमै काठमाण्डौं आएको बताएका छन् ।

सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि तत्कालिन समाजवादी पार्टी फुटाउन प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई अपहरण गरेर काठमाण्डौं ल्याईएको सांसद यादवले दाबी गरेका छन् ।

अध्यादेशपछि सत्तारुढ नेकपामा समेत चर्को विवाद छ ।



प्रतिक्रिया दिनुहोस !