७ जेष्ठ २०८१, सोमबार

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच क्यासलेस इन्स्योरेन्स सम्झौता

प्रकाशित मिति :  5 December, 2023 5:07 pm


काठमाडाैँ । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।

टंगालस्थित बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, बतास एम.ए.डब्लु. कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका तर्फबाट मार्केटिंग हेड रामजी ढकाल , उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा काठमाडाैँस्थित बतास एम. ए. डब्लु.को मुख्य कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

क्यासलेस योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन्।

क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ, बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लु.बीच कारोबार हुनेछ।

यसअघि आइशरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई रु. २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको कम्पनीले जनाएकाे छ ।

ग्राहकहरूको आवश्यकतालाई महसुस गर्दै यस किसिमका समयसमपेक्ष कार्यक्रम ल्याउने गरेकै कारण आजको दिनमा आइशर नेपालसहित विश्वबजारमा ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस !