१२ श्रावण २०८१, शनिबार

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

प्रकाशित मिति :  6 December, 2023 6:21 am


काठमाडौँ। आगामी २४ घण्टामा कोशी  प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बुधवार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

बुधवार राती कोशी, मधेश ,बागमती  र गण्डकी  प्रदेशमा आंशिक  देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ।

देशभरिको तापक्रममा अझै घट्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !