२२ बैशाख २०८१, शनिबार

वर्तमान सरकारले छिमेकी मुलुकहरूसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन :ओली

प्रकाशित मिति :  6 December, 2023 3:27 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन् ।

राष्ट्रिय हितको रक्षा, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरूसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा बुधबार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे ।

अपराधीहरूलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !