२२ बैशाख २०८१, शनिबार

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले प्रभावकारी कदम चालेको छ : मन्त्री महतो

प्रकाशित मिति :  6 December, 2023 5:53 pm


काठमाडौँ । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले प्रभावकारी कदम चालेको बताएका छन् ।

बुधबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल जलवायु परिवर्तनको प्रभावलाई उच्च व्यवस्थापन गर्नसक्ने देश भएको पनि बताए । उनले जलवायु परिवर्तन न्यूनीकरणका लागि नेपालले विभिन्न नीतिहरु बनाएको र प्रभावकारी कार्यान्वयनको चरणमा गइरहेको बताए ।

मन्त्री महतोले विश्वव्यापी सहयोग र साझेदारीको वकालत गर्नु नेपालको अधिकार रहेको बताए । उनले वित्तीय स्रोत नेपालको सामूहिक कार्य गर्नको लागि आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री महतोले प्यानल छलफलले जलवायु परिवर्तनको सामना गर्ने क्रममा समुदायको समस्याहरु समाधान गर्नेतर्फ पनि महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !