१५ बैशाख २०८१, शनिबार

उत्तर कोरियाले नेता किमको स्वास्थ्यबारे मौनता तोड्यो, किमको व्यक्तिगत हस्ताक्षरमा निर्देशन जारी

प्रकाशित मिति :  30 April, 2020 3:54 pm


 

एजेन्सी, १८ वैशाख ।

उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ् उनको स्वास्थ्य अवस्थाबारे फैलिएका हल्लाबारे दुई हप्तापछि मौनता तोडेको छ ।

नेता किमको व्यक्तिगत हस्ताक्षर सहितको निर्देशन जारी गर्दै फैलिएका अनेक हल्लाबारे उत्तर कोरियाले जवाफ दिएको हो ।

डेली एनकेमा लेखिएको समाचार अनुसार समान्य अवस्थामा किमले प्रान्तीय पार्टी कमिटी तथा सरकारी निकायहरुलाई हरेक बुधबार र विहिबार निर्देशन जारी गर्ने गरेका थिए ।

यसपटक पनि विहिबार नै निर्देशन जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे फैलिएका हल्ला गलत भएको पुष्टि गरेका छन् । यसअघि ७ वा त्यो भन्दा बढी विशेष निर्देशनहरु जारी हुने गरेका थिए तर यसपटकको निर्देशन भने केही फरक भएको समाचारमा उल्लेख छ ।

यसअघि जारी गरिएको निर्देशन पनि १० बुँदे थियो ।

हिजो सार्वजनिक भएको निर्देशन यसअघिको भन्दा केही विस्तृत खालको छ जसमा प्योङ्याङ जनरल अस्पताल निर्माणमा राज्यले सहयोग गरिरहेको भन्दै सैनिक तथा सर्वसाधारा जनताका गतिविधिहरुलाई हौसला प्रदान गरेका छन् ।

त्यस्तै देशका किसानहरुलाई समयमै बीऊ उपलब्ध गराउन पनि पछिल्लो निर्देशनमा उल्लेख छ । यसअघिका निर्देशनहरु छोटा हुन्थे भने यसपटकको केही विस्तृत भएको उल्लेख छ ।

समाचारमा उत्तर एक सरकारी अधिकारीलाई उदृढ गर्दै भनिएको छ,‘ उत्तर कोरियामा कसैलाई पनि किमको वक्तव्यको विषयमा बोल्न छुट छैन । किन उनको निर्देशन यसपटक पहिलो भन्दा पहिले परक आयो भनेर चर्चा गर्न पनि रोक छ । यदि किमले यसबीच आफ्नो जिम्मेवारीबाट हात झिकेको भए हामीले विभिन्न क्षेत्र तथा सरकारी काममा अन्तर महसुस गरेका हुने थियौं ।’

अप्रिल ११ मा पार्टीको पोलिटब्यूरो बैठकमा सहभागि भएपछि उत्तरकोरियाली नेता किम सावजनिक रुपमा देखिएका छैनन् । उनको मुटुको अप्रेसन गरेपछि स्वास्थ्य अवस्था गम्भीर भएको तथा मृत्यु भएको समाचारहरु समेत सार्वजनिक भएका थिए ।

तर विभिन्न हल्लाकाबीचपनि उत्तरकोरियाले कुनै प्रतिकृया जनाएको थिएन । झण्डै दुई हप्तापछि किमको व्यक्तिगत हस्ताक्षरसहितको निर्देशन जारी गरेको छ । यद्धपी निर्देशनको शैलीलाई लिएर आशंका भने कायमै रहेको समाचारमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !