२६ बैशाख २०८१, बुधबार

इनारमाथि नाचेको विवादित भिडि‌ओबारे प्रकाश सपुतले पनि मागे माफी

प्रकाशित मिति :  7 December, 2023 8:17 am


काठमाडौँ । चार महिना अगाडि बनेको कलाकार प्रकाश सपुत र जुना विश्वकर्माले अभिनय गरेको भिडिओ क्लिप विवादमा तानिए पछि गायक प्रकाश सपुतले माफी मागेका छन् ।

बुधवार राति सामाजिक संजाल मार्फत गायक तथा नायक प्रकाश सपुतले आम माफी मागेका हुन । अन्जानबस आफुबाट गल्ती भएको भन्दै संसारभर रहेका आफ्ना शुभेच्छुकहरुलाई निरास बनाएकोमा मनैदेखि दुखी भएको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै ‘कमाउने नि हो रमाउने नि हो’ बोलको गीतको म्युजिक भिडिओको विषयमा निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्राइभेट लिमिटेडले समेत माफी मागेको थियो ।

‘नमस्कार’

‘चार महिना अगाडि हामीले बसन्तपुरमा एउटा म्युजिक भिड़ियो को छायाङकन गर्ने क्रममा यो ईनार माथी थुप्रै मानिसहरु बसेर फोटो भिडियो बनाउदै रमाईरहनु भएको थियो । शर्ट राम्रो हुने देखे पछि निर्देशक ज्युले फ़्रेम लगाउनु भयो । भिडभाड ले गर्दा मानिसहरुलाई आवतजावतमा पनि समस्या हुने र टिमलाई काम गर्न पनि गार्हो हुने भएकाले म कुनामा लुकेर बसेको थिए । एक्शन भने पछि फुत्त उक्लिए र नाचिहाले । भएको यत्ति हो । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ , नियत वा उदेश्य जोडिएको थिएन । यधपि हामीले तत्काल महशुस गर्यौ र त्यसरी टेकेर नाचेको पुरै सिन भिडियोमा राखेनौ । अरु मानिसहरु जस्तै बसेको सिन चाहि भिड़ियोमा छ । यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होईन ! म कलाकारको रुपमा त्यहा थिए र मलाई त्यसरी ईनार माथी चढ़न हुदैन्थ्यो भन्ने हेक्का त्यति खेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु । विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवास् समुदाय प्रति क्षमा चाहन्छु । अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरुलाई निरास बनाएको मा म दुखि छु । मनै देखि दुखि छु ।

अहिले यो ईनार वरिपरि फुलको गमलाले घेरिएको छ र ईनार माथी नबस्नु होला भन्ने सुचना राखिएको छ । यसपछि यो अझै सुन्दर र सुरक्षित बनेको छ । अब यहाँ न कुनै जोडि खुट्टा झुण्डाएर मस्किने छन, न कुनै प्रकास सपुत आएर छम छम नाच्ने छ । यो एउटा ऐतिहासिक महत्वको सम्पदा बनेर सजिने छ । यसरी नै हाम्रा सम्पदाहरुको संरक्षण हुदै जाने हो । यसमा म सधै सचेत छु । यो देश हामी सबैको हो । हामी सबै यही समाजका उपज हौ । गल्ती कमजोरीहरु सच्चाएर, सिकाएर, सचेत गराएर , एक अर्कालाई स्विकार गरेर समाज र देशलाई सुन्दर , सब्य, समृद्ध र समतामुलक बनाउने हो । एउटा कलाकारको रुपमा मलाई, मेरो व्यवहार, विचार र गतिविधि प्रति सधै प्रेम दिनु भएकोमा र कमजोरीहरुमा खबरदारी गर्नु भएको मा धन्यबाद ।धेरै – धेरै धन्यबाद
देवि कुमारिले तपाईहरुलाई सकरात्मक उर्जा प्रदान गरुन र मलाई नया सिर्जना गर्ने क्षमता दिउन !
भेटौला ! अर्को कुनै कथालय संगै भेटौला है ! आफ्नो ख्याल राख्नु होला १



प्रतिक्रिया दिनुहोस !