१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच भेटवार्ता

प्रकाशित मिति :  7 December, 2023 10:17 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबिच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले बिहिबार बिहान बालुवाटार पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन ।

भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार काठमाडौं आएकी लाउबाचरले बुधवारनै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !