१७ बैशाख २०८१, सोमबार

पोर्चुगलका प्रस्तावित राजदूत र सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध ११ वटा उजुरी

प्रकाशित मिति :  7 December, 2023 1:43 pm


काठमाडौँ । पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदूत सुनील नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरूलाई सो उजुरी र प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ ।

पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको उजुरी र कार्ययोजना अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको पनि समितिका सभापति राणाले बताए ।

संसदीय सुनुवाइ समितिले गत मंसिर ९ गते बसेको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका लागि प्रश्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिको बैठक मंसिर २२ गते अपरान्ह साढे २ बजे बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !