१२ श्रावण २०८१, शनिबार

विप्लव नेतृत्व नेकपाका पूर्व केन्द्रीय सदस्य सुनार पक्राउ

प्रकाशित मिति :  30 April, 2020 4:20 pm


सुर्खेत, १८ वैशाख ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य बालाराम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको आफ्नै घरमा होम क्वारेन्टाइनमा बसिरहेका सुनारलाई प्रहरीले पक्राउ गरेको हो नेकपाले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी भेरी कणार्ली ब्यूरोले आजै एक प्रेस विज्ञप्ति जारी गरि गर्दै विनाकारण सुनारलाई प्रहरीले पक्राउ गरेको भन्दै अपत्ति जनाएको छ ।

पार्टीका भेरी कर्णाली ब्यूरो इन्चार्ज रवीले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार, कमिसन र राष्ट्रघात चुर्लम्म डुबेको, पद र पैसाका चरम संकटसहित आन्तरिक द्वन्द्वको भुमरीमा फसेको ओली नेतृत्वको सरकारले देशभक्त, जनवादी, परिवर्तन शक्तिहरुलाई हदैसम्मको तानाशाही दमनशैली अख्तियार गरिरहेको आरोप लगाएका छन् ।

भेरी कर्णाली ब्यूरोले पूर्व केन्द्रीय सुनारलाई यथाशीघ्र रिहाइको माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !