१७ बैशाख २०८१, सोमबार

सरकार गैरजिम्मेवार भएर सरकारमा बसिरहेको छः ओली

प्रकाशित मिति :  7 December, 2023 2:20 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन्।

बिहीबार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए। अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए। उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरू ठप्प पारेको अरोप लगाए। उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे।

अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए।



प्रतिक्रिया दिनुहोस !