१७ बैशाख २०८१, सोमबार

समाजवादी क्रान्तिका लागि नयाँ विचारको संश्लेषण आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  7 December, 2023 5:42 pm


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि नयाँ विचारको संश्लेषण आवश्यक रहेको बताएका छन् ।

माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अहिले हामीलाई विचार फेरिक केन्द्रित गर्ने गर्नुपर्ने भएको छ । हिजो जनवादी क्रान्तिका लागि विचार संश्लेषण गरिएको थियो । हामीले केन्द्रिय समितिको बैठकमा पार्टी, नेतृत्व र विचारप्रति आम केन्द्रीय समितिको बुझाई के हो भन्ने एउटा नयाँ प्रयोगपछि जन्मिएको हो ।”

उनले अहिले अभियान देशैभरि नयाँ प्रयोगको रूपमा अगाडि बढेको बताए । प्रधानमन्त्री प्रचण्डले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भएको उल्लेख गर्दै भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान नरोकिएको स्पष्ट पारे ।

“सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ, अहिले पनि अभियान रोकिएको छैन”, प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छु ।”

उनले भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ र सहयोग चाहिएको बताए । “नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको हो, नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन”, उनले भने, “पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चल्यो, सफलताको उचाइमा पुग्यो । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।”

मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनको क्षेत्रमा धेरै काम भएको छ ।

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्ता पक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत अन्तरक्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको बताए ।



प्रतिक्रिया दिनुहोस !