१७ बैशाख २०८१, सोमबार

नेपाली सेनाद्वारा प्राविधिक अधिकृत पदमा भर्ना खुला

प्रकाशित मिति :  8 December, 2023 8:56 am


काठमाडौँ । नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुलेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो ।

इच्छुकले आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ ।

सेनाको आधिकारिक वेबसाइटमार्फत दरखास्त फारम भरी १० रुपैयाँको टिकट टाँसेर बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !