१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीको परिवार

प्रकाशित मिति :  8 December, 2023 11:57 am


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग भेटेका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार धनगढी विमानस्थलमा विपिनका आमा-बुवासँग भेटेर कुराकानी गरेका हुन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन पढ्न इसराइल गएका थिए। इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो।

जोशीको रिहाका लागि कुटनीतिक रूपमा सरकारबाट भरपुर पहल भइरहेको चाँडै नै नतिजा आउने गरी काम भइरहेको कुरा प्रधानमन्त्री प्रचण्डले कुरा राखेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !