७ जेष्ठ २०८१, सोमबार

अर्बपति ब्यापारी अग्रवाल धरौटीमा छुटे लगत्तै फेरी फक्राउ

प्रकाशित मिति :  30 April, 2020 5:22 pm


काठमाण्डौं, १८ वैशाख ।

कालो बजारीको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक अर्बपति ब्यापारी सुलभ अग्रवाल २५ लाख ५० हजार रुपैँयामा धरौटीमा रिहा भएलगत्तै फेरी पक्राउ परेका छन् ।

थर्मल गन कालोबजारी गरेको आरोपमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई जिल्ला अदालत काठमाण्डौंले आज धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले फेरी पक्राउ गरेको हो । सम्पति शुद्धीकरणका विषयमा अनुसन्धान गनुपर्ने भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।

उनलाई सम्पति शुद्धीकरण विभागमा पठाउने तयारी छ । अग्रवाल चैत २५ गते पक्राउ परेका थिए । उनलाई तीन हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

किर्गिस्तानका लागि नेपालका अवैतनिक बाणिज्यदूत अग्रवालको नीलो नम्बर प्लेटको गाडीबाट प्रहरीले ६६ थान थर्मल गन बरामद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !