१२ श्रावण २०८१, शनिबार

आदिमा सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति :  9 December, 2023 9:09 am


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारामा रहेको आदिमा बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाको तर्फबाट प्रस्तुत सबै प्रतिवेदन पास गरेको छ ।

यस्तै माइन्युटमा हस्ताक्षर गर्नको लागि ८ जना सदस्यको नाम छनौट , लेखा परीक्षकको छनौट गर्दै आगामी वर्षका कार्यक्रम पारित गरेको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

साधारण सभाले आकस्मिक निर्णयको अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ भने कर्मचारी निति, कर्जा निति र संस्थाको विनियम पास गरेको छ ।

असल ऋणी, असल बचत कर्ता र असल कर्मचारी –२०८० सम्मान सुवास राउतले पाएका छन् ।

यस्तै संस्थाका सदस्य श्याम घिमिरे काठमाडौं जेसिसमा महासचिव पदमा निर्विरोध निर्वाचित भएको र संस्थाका अर्का सदस्य राजु लामा युएनमा प्रतिनिधि बनेर भाग लिन जान लागेकाले सम्मान गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालले आर्थिक मन्दीले थला परेको असहज समयमा पनि संस्थालाई चलायमान बनाई सबैको विश्वास जित्न सकेकोमा संस्थाका सबै शेयर सदस्य र दैनिक कार्यमा साथ दिने कर्मचारीलाई धन्यवाद दिएका थिए ।

उनले शेयर सदस्यहरूलाई आगामी दिनमा शेयर थप गर्न र अनिवार्य मासिक बचत गरि सम्पूर्ण कारोबार संस्था मार्फत नै गर्नको लागि अनुरोध समेत गरे ।

अध्यक्ष दाहालले समयमा कर्जा नतिर्ने जो कोहिलाई पनि कानुनी उपचार गरि असुल उपर गरिने बताए ।



प्रतिक्रिया दिनुहोस !