२० जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा

प्रकाशित मिति :  10 December, 2023 5:36 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

गजुरेलले मंसिर २० गते नै राजीनामा बझाए पनि आज मात्रै मिडियाहरूमा सार्वजनिक गरेका हुन् । उनको राजीनामा भने अझै स्वीकृत भएको छैन ।

उनी माओवादी केन्द्रका उपमहासचिव उन र २०७९ माघ ९ गते प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा गजुरेल सिन्धुली २ मा टिकटको आकांक्षी थिए तर उनको ठाउँमा राजन दाहाललाई टिकट दिइएको थियो ।

उनले सार्वजनिक रुपमै असन्तुष्टि समेत जनाएका थिए । पछिल्लो समय मन्त्रिपरिषद्को हेरफेरको चर्चा, गठबन्धनभित्रै सरकारको आलोचना र राष्ट्रिय सभाको निर्वाचन नजिकिदै गर्दा गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !