२० माघ २०८२, मंगलबार

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

प्रकाशित मिति :  11 December, 2023 12:20 pm


काठमाडौँ । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

३५ दिनभित्र साझा यातायातको प्रधान कार्यालय ललितपुरमा दरखास्त बुझाउन सूचना जारी गरेको छ।

सीईओका लागि कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरी सार्वजनिक वा संगठित संघ संस्थामा १० औँ तह सरहको जिम्मेवारी लिइसकेको हुनु पर्ने साझा यातायातले जनाएको छ।

सीईओ हुन चाहनेले सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा १० वर्षको अनभुव हासिल गरेको हुनुपर्ने छ। ३५ वर्ष पूरा भएको र ५८ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

यस्ताे छ जारी सूचना :



प्रतिक्रिया दिनुहोस !