१५ बैशाख २०८१, शनिबार

पाकिस्तानका सभामुखलाई कोरोना संक्रमण, युद्धबाट जर्जर सोमालियामा कोरोनाको मार

प्रकाशित मिति :  1 May, 2020 7:39 am


एजेन्सी, २० वैशाख ।

पाकिस्तानका सभामुख असद क्वैसेरलाई कोरोना संक्रमण देखिएको छ ।

परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका छन् । उनले ट्वीटमा भनेका छन्,‘ मेरो कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ त्यसैले म मेरो घरभित्रै क्वारेन्टाईनमा छु ।

उनले सचेता अपनाउन मुलुकवासीलाई आग्रह समेत गरेका छन् ।

पाकिस्तानको टेलिभिजन जियो टेलिभिजनको अनलाईन संस्करणले सभामुख असदसहित उनका छोरा र छोरीलाई समेत कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । पाकिस्तानमा १६ हजार संक्रमित बनेका छन् भने ३ सय ६१ जनाको ज्यान गैसकेको छ ।

अहिलेसम्म विश्वभर २ लाख ३२ हजार ८ सय १७ जनाको मृत्यु भएको छ भने ३२ लाख ७१ ह्जार ८ सय ९२ जना संक्रमित बनेका छन् । अमेरीकामा मात्रै ६२ हजार ८ सय ६० जनाको मृत्यु र १० लाख ६७ हजार ६१ जना संक्रमित बनेका छन् ।

छिमेकी मुलुक भारतमा ३४ हजार ८ सय ६२ जना संक्रमित बनेका छन् भने ११ सय ५४ जना संक्रमित बनेका छन् ।

युद्धले जर्जर बनेको सोमालियामा समेत कोरोनाको मार देखिएको छ । रेडक्रसका अनुसार सोमालियामा कारोना संक्रमणका कारण ५ सय ८२ भन्दा बढीको मृत्यु भएको हुन सक्छ ।

रेडक्रसले सोमालियामा आउँदो हप्ता थुप्रै नयाँ कोरोना संक्रमणका घटनाहरु बाहिर आउन सक्ने चेतावी दिएको छ । विशेषज्ञले सोमलियाको जर्जत भनेको स्वास्थ्य संरचनाले ठूलो संख्यामा कोरोना संक्रमण सम्हाल्न नसक्ने बताएका छन् ।

सोमालियाको स्वास्थ्य संरचना तीन दशकदेखि जारी युद्धका कारण धरासयी भइसकेको छ । सोमालियाका अस्पतालमा सामान्य भौतिक सुविधाको समेत अभाव छ ।



प्रतिक्रिया दिनुहोस !