२५ मंसिर २०८२, बिहिबार

कांग्रेसकै नेताहरू मिसन-८४ कुर्न सक्दैनौँ भनिरहेका छन् :ओली

प्रकाशित मिति :  14 December, 2023 12:04 pm


काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल कांग्रेस नेताहरू आजित भएको दाबी गरेका छन् ।

बिहीबार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तामा रहेका कांग्रेस नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरेका हुन् ।

कांग्रेस नेताहरू अहिले नै २०८४ सालमा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको ओलीको दाबी छ । उनले मिसन(८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए ।

ओलीले भने, “नेपाली कांग्रेसकै नेताहरू पनि भन्न थाल्नुभएको छ, मिसन-०८४ पर्खिन सकिँदैन भनेर । किनभने नेपाली कांग्रेसकै नेताहरू पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ । तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्ततो गत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ।”



प्रतिक्रिया दिनुहोस !