२५ बैशाख २०८१, मंगलबार

पूर्वमिस नेपाल शृंखलाले कसिन लगनगाँठो

प्रकाशित मिति :  14 December, 2023 1:46 pm


काठमाडौँ । पूर्वमिस नेपाल शृंखला खतिवडा सञ्चार उद्यमी तथा प्रेमी सम्भव सिरोहियासँग बैवाहिक जीवनमा प्रवेश गरेकी छिन्।

उनीहरुले काठमाडौँको होटल हायातमा लगनगाँठो कसेका हुन । केही वर्षदेखि प्रेममा रहेका शृंखला र सम्भवले आफ्नो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गरेका छन्।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । उनीहरुको बिहेमा दुबैतिरका परिवार र आफन्त मात्रै उपस्थित भएका छन्।



प्रतिक्रिया दिनुहोस !