कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै
प्रकाशित मिति : 15 December, 2023 8:29 am
काठमाडौँ । आज नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो सवा १२ बजे बठैक बस्नेन लागेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आज बस्ने बैठकमा समसामयिक राजनीति र जाजरकोट भूकम्प विषय गरी बैठकका मुख्य एजेण्डा छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।
कांग्रेसको महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको छ।








