१६ बैशाख २०८१, आइतबार

बहराइनमा कोरोनाबाट संक्रमित नेपालीको संख्या १ सय ५९ पुग्यो

प्रकाशित मिति :  1 May, 2020 8:14 am


काठमाण्डौं,१९ वैशाख ।

बहराइनमा कोरोनाबाट संक्रमित नेपालीको संख्या १ सय ५९ पुगेको छ ।

पछिल्लो पटक ३१ जना नेपालीमा कोरोना संक्रमण देखिएको बराइनमा रहेको बहराइनमा रहेको नेपाली दुतावासले जनाएको छ । बहराईनमा अहिलेसम्म १४ सय ९५ जना संक्रमित हुँदा नेपाली मात्रै १ सय ५९ छन् ।

बहराईनले संक्रमण नियन्त्रणमा नआउँदासम्म ५ जना वा सो भन्दा कम मात्रै भेला हुन पाउने पार्क तथा सार्वजनिक विचहरुका घुम्न रोक लगाईएको छ ।

शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्म बन्द छ भने सलुन,सिनेमा घर,जिम,स्विमिङ् पुलहरुको प्रयोगमा रोक लगाईएको छ ।

बहराईन सरकारले संक्रमण प्रसार रोकथाममा थप प्रभावकारीताका लागि संक्रमितहरुले क्वारेन्टाइन अवज्ञा गरेको पुष्टि भए ३ महिनासम्म जेल सजाय अथवा बहराइनी डिनार १ हजारदेखि १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !