७ जेष्ठ २०८१, सोमबार

टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा पोखरामा सुरु

प्रकाशित मिति :  19 December, 2023 2:43 pm


काठमाडौँ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले हिजाे (साेमबार) देखि पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्दैछ ।

यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरूले कुनै पनि मोटरसाइकल वा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेञ्जमा मोटरसाइकलको भ्यालुएसनमा थप २५ हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले घोषणा गरेको छ ।

साथै नयाँ स्कुटरको खरिदमा शुन्य प्रतिशतको ब्याजमा टीभीएस आईक्युब खरिद गर्न पनि सकिने कम्पनीले जनाएको छ । यसैगरी जम्मा १ लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टीभीएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ देखि ६गतेसम्म टीभीएसको पोखरास्थिति आधिकारिक डिलर बतास ब्रदर्श प्रा। लि।ले सञ्चालन गर्दैछ।



प्रतिक्रिया दिनुहोस !