५ जेष्ठ २०८१, शनिबार

सचिव भट्टराईले भने: सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेन

प्रकाशित मिति :  19 December, 2023 2:59 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन् ।

कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका विखण्डनकारी गतिविधि गर्न लागेकाहरूलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उनले बताए ।

सचिव भट्टराईले मुलुकमा देखिएको विखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराए ।

उनले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा विखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताए । कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरूलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।

सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चस्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पुष्टि गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !