५ जेष्ठ २०८१, शनिबार

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब बर्दिवासमा

प्रकाशित मिति :  19 December, 2023 4:45 pm


काठमाडौँ । एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले एक्सक्लुसिभ रिटेलर मिथिला अर्थमुभर्स बर्दिवासमा सञ्चालनमा ल्याएको छ।

बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका बिजनेस हेड रोशन कुमार श्रेष्ठ लगायतको उपस्थितिमा एक्सक्लुसिभ रिटेलर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रा। लि। नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो।

ग्राहकहरूलाई नक्कली पार्टपुर्जाको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरू एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरू मार्फत देशभर बिक्री वितरण गर्दै आएको कम्पनीले अब बर्दिवासमा पनि मिथिला अर्थमुभर्स मार्फत जेसिबीका सक्कली पार्ट्सहरू बिक्री गर्ने छ।



प्रतिक्रिया दिनुहोस !