५ जेष्ठ २०८१, शनिबार

श्रीलंकाका विदेशमन्त्री अली साब्री आज काठमाडौँ आउँदै

प्रकाशित मिति :  20 December, 2023 7:26 am


काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री अली साब्री आज काठमाडौँ आउँदै छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री ४ दिनका लागि काठमाडौं आउन लागेका हुन् ।

नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठक २१ र २२ डिसेम्बरमा काठमाडौँमा हुँदैछ । बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने श्रीलंकाको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नेछन् ।

संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेकाे छ । साब्री २३ डिसेम्बरमा स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस !