७ जेष्ठ २०८१, सोमबार

ग्रेटवाल मोटर्स जि.डब्लु.एम. को वीन्टर अफर

प्रकाशित मिति :  20 December, 2023 1:12 pm


काठमाडौँ । नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भी.जी.इम्पेक्स प्रालिले लक्जरी सेभिङ साथै अन्य फाइदाहरूका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहनेका र उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएकाे छ ।

लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जिडब्लुएमले दिलक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर मार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू रहेकाे कम्पनीले जनाएकाे छ । ९ लाख ४९ हजारको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिकओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएको ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्सअफरको साथ ग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभीहरूमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिजर निःशुल्क व्यापकबीमा सहित धेरै सुविधाहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएकाे छ ।

यो प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजालिन सक्नेछन् । चाहे प्रिमियम एसयूभीहोस वा विद्युतीय सवारी होस् जि।डब्लु।एमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !