८ जेष्ठ २०८१, मंगलबार

सहिद मार्गको स्तरोन्नतीका लागि रोल्पाका जनप्रतिनिधिद्वारा प्रधानमन्त्री प्रचण्डसमक्ष मागपत्र पेश

प्रकाशित मिति :  21 December, 2023 12:20 pm


काठमाडौँ । सहिद मार्ग सडकखण्डको स्तरोन्नतीका लागि भन्दै रोल्पाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष मागपत्र पेश गरेका छन् ।

प्रतिनिधि सभा सदस्य रोल्पाका सांसद वर्षमान पुनको नेतृत्वमा रोल्पाबाट संघ,प्रदेश र स्थानीय तहका जनप्रनिधिले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

लुम्बिनी प्रदेश सभा सदस्य रोल्पा १(२) का सांसद दिपेन्द्र कुमार पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिकाका अध्यक्ष अमरसिँह घर्ती, त्रिवेणी गाउँपालिकाका, अध्यक्ष कर्णबहादुर बाँठा,रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, परिवर्तन गाउँपालिकाका,अध्यक्ष सुकबहादुर बुढामगरको उपस्थितिमा पूर्वअर्थमन्त्री पुनले प्रधानमन्त्री प्रचण्डलाई मागपत्र पेश गरेका हुन् ।

सहिद मार्ग सडक आयोजना रोल्पा खण्डको सडक स्तर उन्नती, कालोपत्रे, काममा ढिलासुस्ती, अनुगमन, बजेटको अभाव लगायतका समस्याबारे यथाशिघ्र सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको पुनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !