२५ बैशाख २०८१, मंगलबार

नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि

प्रकाशित मिति :  21 December, 2023 3:58 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन भने सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन देखि लगातार बढेको बजार आज भने ३२ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ३० करोड ७ लाख ८६ हजार ८ सय २ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बोटलर्स नेपाल लिमिटेड (बालाजु)का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १ सय ४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८ सय ११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !