२५ बैशाख २०८१, मंगलबार

राष्ट्रिय सभा निर्वाचनको लागि प्रस्तावित उम्मेदवारको नाम पठाउन माओवादी केन्द्रको निर्देशन

प्रकाशित मिति :  22 December, 2023 12:55 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारहरुको नाम प्रस्ताव गर्न निदेृशन दिएको छ ।

राष्ट्रियसभा सदस्यको रिक्त पदमा आगामी माघ ११ गते हुने राष्ट्रिय निर्वाचनको लागि उम्मेदवारहरुको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको माओवादी केन्द्रले जनाएको छ ।

यसरी सिफारिस पठाउँदा प्रदेशहरू एवं ज.व.स.रमोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने शर्त छ ।

त्यस्तै प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन सबै प्रदेशहरू एवं ज.व.स.रमोर्चाहरूलाई निर्देशन पठाउने सर्कुलर जारी गरिएको एक नेताले बताए ।

राष्ट्रिय सभा निर्वाचनमा हुने भागबन्डाका आधारमा माओवादीले सत्ता गठबन्धनबाट ५ वटा सिट पाउने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !