२५ मंसिर २०८२, बिहिबार

मुलुकको शासन पद्धति पारदर्शी भए अर्थतन्त्र माथि उठ्छ: नेता रिजाल

प्रकाशित मिति :  22 December, 2023 4:03 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.मिलेन्द्र रिजालले देशको शासन पद्धति पारदर्शी भए मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरेका छन् ।

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता रिजालले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए । उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गरे ।

नेता रिजालले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कहीँ पुग्न नसक्ने बताए ।

नेता रिजालले मुलुकको अर्थतन्त्रमाथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने बताए । उनले अर्थतन्त्र सवल बन्ने सबै आधारहरु बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताए ।



प्रतिक्रिया दिनुहोस !