७ जेष्ठ २०८१, सोमबार

विष्फोटबारे बुझ्न आन्तरिक मामिलामन्त्री के.सी. रोल्पा प्रस्थान,बम निष्कृय गर्ने र शव उठाउने तयारी

प्रकाशित मिति :  1 May, 2020 10:52 am


रोल्पा,१९ वैशाख ।

रोल्पाको त्रिवेणी गाँउपालिका-४ गैरीगाँउको घटनाबारे जानकारी लिन प्रदेश -५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद के.सी. रोल्पा आएका छन् । हिजो बम विष्फोट भएर ४ बालबालिकाको निधन भएपछि थप जानकारी लिन मन्त्री के.सी. रोल्पा आएका हुन् ।

गाँउपालिकाका अध्यक्ष शान्तकुमार ओलीले मन्त्री के.सी. आउँदै गरेको जानकारी दिए । उनले भने,‘मन्त्री ज्यू आउँदैछु भनेर जानकारी गराउनुभएको छ उहाँ बाटोमा हुनुहुन्छ ।’

बम विष्फोट हुँदा मृत्यु भएका बालबालिकाको शव उठाउने र बम डिष्फोजको तयारी सुरु भएको छ । घटनास्थलमा एउटा नपड्किएको टु-ईञ्च मोटार पनि भेटिएपछि हिजो ज्यान गुमाउने बालबालिकाको शव उठ्न सकेको थिएन ।

बम डिस्पोजका लागि सेनाको टोली गैरीगाँउ पुगेको छ । अध्यक्ष ओलीले भने,‘ अहिले शब उठाउन र बाँकी बम डिस्पोज गर्नका लागि प्रकृयामा छौं । ’

बेवारिसे अवस्थामा रहेको बम विष्फोट हुँदा  बाख्रा चराउन गएका  ३ बालक र १ बालिकाको निधन भएको थियो ।

बम विस्फोटमा त्रिवेणी गाउँपालिका वडा नं. ७ का ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, १३ वर्षीय गौरब नेपाली र १४ वर्षीय छोरा नोखिराम डाँगीको मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस !