२२ बैशाख २०८१, शनिबार

गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाढीमा आगजनी

प्रकाशित मिति :  24 December, 2023 11:29 am


महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनु कुमारी महतो चढ्ने गाडीमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् ।

उपमेयर महतो चढ्ने प्रदेश–२–००२–०००१ झ ०००५ नम्बरको गाडीमा घर अगाडि राखेको अवस्थामा आगजनी भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

गएराति रामनगर स्थित उनको घर अगाडि पार्किङ गरी राखेको गाडीमा आगजनी भएको देखेपछि स्थानिय राजकिशोर महतोले जानकारी गराएका थिए ।

आगजनीबाट गाढीको टायर र केही भागमा क्षति पुगेको छ । आगजनी भएको देखेपछि तत्कालै निभाउने काम भएकाले गाडीमा थप क्षति हुन बाट जोगिएको थियो ।

प्रहरीले घटनास्थलबाट पेट्रोलको गन्ध आएको बोतल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !