६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  24 December, 2023 12:33 pm


काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणमा छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँ बढेर प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावि सुन तोलाको एक लाख १९ हजार ३५० रुपैयाँ रहेको छ ।

आज आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर तोलाको १४७५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !