६ जेष्ठ २०८१, आइतबार

आजदेखि रास्वपाको नारायणगढ–बुटवल सडकखण्डमा ‘रास्वपाको दबाब यात्रा’ सुरु हुने

प्रकाशित मिति :  25 December, 2023 8:13 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ ।

स्वपाले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा ३ दिनमा ११३ किलोमिटर दुरी पार गर्ने लक्ष्य रहेको जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने यात्राको उदेश्य रहेको सभापति लामिछाने जानकारी दिएका छन् ।

सभापति लामिछानेले यात्राका क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै यात्राको दिन लम्बिने हुँदा समय छुट्याउन असमर्थ भएको बताए ।

दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !