७ जेष्ठ २०८१, सोमबार

कपिलवस्तुमा अज्ञात समूहद्धारा वडाअध्यक्षमाथि गोली प्रहार

प्रकाशित मिति :  1 May, 2020 11:07 am


रुपन्देही, १९ वैशाख ।

कपिलवस्तुमा एक वडाध्यक्षमाथि गोली प्रहार भएको छ।

यशोधरा गाँउपालिका वडा नम्बर-८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गएराति १ बजेतिर गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमानमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको प्रहरीको भनाई छ ।

घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !