६ जेष्ठ २०८१, आइतबार

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित

प्रकाशित मिति :  25 December, 2023 11:30 am


काठमाडाैँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत हिजो (आइतबार) भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल विजयी भएका हुन् ।

ढकालले ११९६ मत ल्याएर विजयी भएका हुन् भने पौड्यालले १०१९ मत ल्याएका थिए । 

वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी प्रदेश) , शोभाकुमारी राउत (मधेस प्रदेश), खेमराज सुवेदी (बागमती प्रदेश), गोपालप्रसाद गौतम (गण्डकी प्रदेश),ज्ञानु पौड्याल (लुम्बिनी प्रदेश), वीरबहादुर राउत भोट (कर्णाली प्रदेश), दिप्ती शाही (सुदूरपश्चिम प्रदेश) विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योती पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन् । गए राति सम्पन्न मतदानमा कुल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए



प्रतिक्रिया दिनुहोस !