१८ बैशाख २०८१, मंगलबार

पर्यटनमन्त्री किराँतीको बर्खास्तीको माग गर्दै विरोध प्रदर्शन (फाेटाेफिचर)

प्रकाशित मिति :  25 December, 2023 4:46 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ।

सनातन धर्मावलम्वीहरु सोमबार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन्।

उनीहरूले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए। विरोध प्रदर्शनमा सहभागी भएकाहरूले मन्त्री किराँतीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए।

उनीहरूले गैरजिम्मेवार मन्त्री राजिनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए।

तस्विरः पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !